राष्ट्र बैंकले गर्यो मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

राष्ट्र बैंकले गर्यो मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड १७ लाख ४५ हजारको आधारमा कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । गत माघ १६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

गत वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।