आत्मनिर्भर लघुवित्तको आइपीओ वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँड, ८ जनाले पाए ११ कित्ता

आत्मनिर्भर लघुवित्तको आइपीओ वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँड, ८ जनाले पाए ११ कित्ता


बैंकिङ्ग समाचार, काठमाडौं ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ८ गते सोमबार आईपीओ बाँडफाँट गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा बाँडफाँट गरेको हो ।

लघुवित्तले माघ १६ गतेदेखि फागुन २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० हजार ३३८ कित्ता शेयर निष्काशन गरेको थियो ।

लघुवित्तले रितपूर्वक आवेदन दिएका २ हजार ३३ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो। सोमध्ये भाग्यमानी ८ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ ।