नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्ब नजिक

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्ब नजिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २३.६० अंकले घटेर २ हजार ४६ दशमलव ८१ विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्सेमा १ अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३७६.२० रुपैयाँ पुगेको हो । 

आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ ।