एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । फागुन ८ गतेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको हो । 

त्यसअघि बैठकले राठीसँगै दिनेश भारीलाई सञ्चालकमा नियुक्त गरेको थियो । सोही बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो । राठी र भारी एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । फागुन ५ गतेदेखि नै लागू हुने गरी बाँकी कार्यकालका लागि राठी र भारीलाई सञ्चालकमा नियुक्त गरिएको हो ।

यसअघि एनआईसी एशिया बैंकको तर्फबाट कम्पनीमा कपिल ढकाल र प्रकाश बरालले सञ्चालकको जिम्मेवारी पाएका थिए । एनआईसी एशिया बैंकको ५९० औं बैठकले ढकाल र बराललाई फिर्ता बोलाउने र राठी र भारीलाई प्रतिनिधि सञ्चालकमा मनोनयन गरी पठाउने निर्णय गरेको हो ।