बैंकिङ्ग समाचार, काठमाडौं ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गर्ने सम्बन्धी सम्पूर्ण कार्यका लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो । मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा रहेको छ ।
यसअघि कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको थियो ।
प्रतिक्रिया