जीवन विकास लघुवित्तको लाभांश घोषणा, गत वर्षको भन्दा यस वर्ष घट्यो लाभांश

जीवन विकास लघुवित्तको लाभांश घोषणा, गत वर्षको भन्दा यस वर्ष घट्यो लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

फागुन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाखको आधारमा कुल ३७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सोमध्ये २८ प्रतिशत बोनस शेयर रहेको छ भने ९.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ । 

यस वर्ष कम्पनीले गत वर्षको तुलनामा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।