समीट लघुवित्तको ८४ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा

समीट लघुवित्तको ८४ हजार कित्ता बढी संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ९०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । 

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर फागुन ६ गतेदेखि विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

आवेदकले के कति कित्ता कति मूल्यमा खरीद गर्ने हो सो समेत खुलाई कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिनेसमेत कम्पनीले भनेको छ ।