बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैंकिङ्ग सेवालाई परिवर्तन गरेको छ । कम्पनीले एफ वान सफ्ट इन्टरनेशनल प्रालिको बैंक-स्मार्ट मोवाइल बैंकिङ्गमा परिवर्तन गरेको हो ।
अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैंकिङ्खबाट एन.सि.एच.एल. को नेपाल पे क्यु आर मर्चेन्ट का साथै फोन पे को क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन । फाइनान्सले ग्राहकहरुलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
प्रतिक्रिया