पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रीले भने,‘मेरो ध्यान बजेट कार्यान्वयनमा छ’


काठमाडौ – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु खर्चलाई सिमाभित्र राखिएको बताउँदै पुँजीगत खर्च बढाएको उल्लेख गरे । उनले आन्तरिक ऋणका सन्दर्भमा सीमा तोकिएको भन्दै आन्तरिक ऋण कम उठाउने नीति लिएको उल्लेख गरे । 

अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०८२/८२३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो ध्यान बजेट कार्यान्वयनमा रहेको बताए  । उनले बजेटको बारेमा चासो राख्नेहरूले बजेट कार्यान्वयनमा जोड दिन लागेको उल्लेख गरे । उनले बजेटलाई लिएर आएका टिप्पणीले बजेट समय सान्दर्भिक रहेको देखिएको उल्लेख गरे । 

उनले बजेट भाषणका लागि मात्रै नभएर कार्यान्वयन गर्गनेरि कार्य योजना तयार गर्न अर्थ मन्त्रालय लागि पर्ने समेत उल्लेख गरे ।उनले बजेट सार्वजनिक भएपछि आकारको बारेमा टिप्पणी हुँदै आए पनि यो वर्षको बजेटको सिमामा भने आलोचना नभएको उल्लेख गरे । अर्थमन्त्री पौडेलले राजस्वबाट साधन खर्च मै सकिँदै जाँदा विकासका लागि वैकल्पिक स्रोतको प्रयोग गर्ने नीति लिएको बताए । बजेटको कार्यान्वयनबाट आर्थिक वृद्धि हुने, रोजगारीको सिर्जना गर्ने र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न समेत सहयोग पुग्ने अपेक्षा अर्थमन्त्री पौडेलले उल्लेख गरे ।