बजेटबारे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन


काठमाडौं – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन आयोजना गरेका छन् । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्री पौडेलले आज (शुक्रबार) अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरेका हुन् । 

पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुनेछ । बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।