काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्ष भित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाइने बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्धन गरिने बताए । जसबाट थप १२ लाख मेटिक टन धान उत्पादन गरिने उनले बताए । चैते धान खेतीका लागि सिचाई प्रवर्धन गर्न रु ३३ करोड विनियोजन गराएको छ ।



About Us
प्रतिक्रिया