काठमाडौं – सरकारले चालू आर्थिक वर्षमा ल्याएको कुलमध्ये ८९.४ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान गरेको छ।अर्थमन्त्री विष्णु पौडेलका अनुसार कुल विनियोजनको ८९.०४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने अनुमान छ।
चालू खर्चतर्फ विनियोजनको ८८.०५ प्रतिशत, पुँजीगत खर्च ८३.०४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.०६ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन्। आव २०८१/८२ मा राजस्व परिचालन १७.०१ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ३९ करोड हुने अनुमान छ।



About Us
प्रतिक्रिया