स्रोतको प्रबन्ध नहुँदा विकास घोषणामा सीमित 


काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्रोतको प्रबन्ध नहुँदा विकास घोषणामा सीमित बन्न पुगेको बताए । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक ऋण बढ्दा चुनौती सिर्जना भएको उल्लेख गरे ।