काठमाडौं – अर्थमन्त्रालयले बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय भू–राजनीतिक एवम् आर्थिक अनिश्चितता कारण आर्थिक वृद्धिदर घट्न सक्ने अनुमान गरेको छ । मन्त्रालयले आर्थिक सर्वेक्षण २०८१/८२ सार्वजनिक गर्दै आर्थिक वृद्धिदर घट्न सक्ने अनुमान गरेको हो ।
मन्त्रालयले आर्थिक क्रियाकलापमा विस्तार हुँदै गएको, वस्तु तथा सेवा निकासीमा उल्लेख्य वृद्धि भएको र वस्तु आयात समेत बढ्दै गएकोले राजस्व परिचालन बढ्ने समेत आंकलन गरेको छ । यस्तै, आपूर्ति श्रृङ्खला सहज रहेको र पेट्रोलियम पदार्थको मूल्यमा समेत गिरावट आएकोले उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्र रहने अर्थले जनाएको छ ।
लगानीको वातावरण अनुकूल हुँदै गएको, बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य पुँजी रहेको र कर्जाको ब्याजद समेत न्यून रहेकोले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्ने उल्लेख गरेको छ । अर्थमन्त्रालयले वस्तु आयात बढ्दै गएको भएपनि जलविद्युत, सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा हुँदै गएको विस्तार, विप्रेषण आयमा भएको वृद्धि लगायतको कारण चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहने पनि उल्लेनख गरेको छ ।
अर्थमन्त्रालयले वस्तु आयात बढ्दै जाने देखिएकोले विदेशी विनिमय सञ्चिति घट्न सक्ने अनुमान समेत गरेको छ । अर्थले भूकम्प, प्राकृतिक प्रकोप र जलवायू परिवर्तनजन्य घटनाको उच्च सम्भावनाले सरकारको आकस्मिक दायित्व बढ्न सक्ने जोखिम बढेको छ ।



About Us
प्रतिक्रिया