काठमाडौं – चालु आर्थिक वर्ष २०८०/२०८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्षकोभन्दा २.०२ प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सावर्जानिक संस्थानमा नेपालको कुल लगानी समीक्षा अवधि सम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको बताए ।जसमा शेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको बताए।
आर्थिक वर्ष २०८०/२०८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्षको भन्दा २.०२ प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड रूपैयाँ पुगेको अर्थमन्त्री पौडेलले बताए । सार्वजनिक संस्थानमा नेपालको कुल लगानी समीक्षा अवधि सम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ । जसमा शेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको बताए ।
हाल नेपाल मा ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेको छ । जसमध्ये २० वटा पूर्ण रूपमा सरकारी स्वामित्वमा र २५ वटा मा सरकारका अधिकांश स्वामित्व रहेको छ । जसमा २८ वटा नाफामा १५ वटा घाटामा रहेका छन् भने २ वटा बन्द रहेका छन् । आव २०८०/२०८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो आवको तुलनामा ०.२२ प्रतिशतले कम हो ।



About Us
प्रतिक्रिया