काठमाडौं – सरकारले चालू आर्थिक वर्षको मुलुकको समग्र आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेको छ । अर्थमन्त्री डा. विष्णु प्रसाद पौडेलले आजको प्रतिनिधिसभाको बैठकमा आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै वित्तीय पहुँच बढेको बताएका छन्। संघीय संसद्को बैठकलाई सम्बोधन गर्दै उनले बैंक तथा वित्तीय संस्थाको शाखा हरेक स्थानीय तहमा पुगेको बताएका हुन् । उनले २०८१ को फागुन मसान्तसम्मका बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ प्रतिशतले बढेको बताएका छन् । चालु आर्थिक वर्षमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ९ दशमलव ४ बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । चालु खाता र शोधान्तर स्थिति दुवै बचतमा रहेको उल्लेख गरेका छन् ।
विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको बताएका छन् । १४ दशमलव ३ महिनाको वस्तु तथा आयात धान्ने उल्लेख गरेका छन् । साथै, सो अवधिमा उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको बताएका छन् ।



About Us
प्रतिक्रिया