बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।
माघ १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त सुचना लघुवित्तले माघ २५ गते नेप्सेमा जानकारी गराएको थियो । नेप्सेले भने उक्त सुचना धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नभएको र संवेदनशिल सूचना कम्पनीका पदाधिकारीहरुले सर्वसाधरणबाट बञ्चित गराई शेयरमुल्यमका प्रभाव पारेको भन्दै कारोबार रोक्का गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया