मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ९९ हजार बढिले पाए १० कित्ता शेयर

मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ९९ हजार बढिले पाए १० कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहिबार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । 

सोमध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र शेयर पाउन योग्य रहेका आवेदकहरुमा गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएको हो ।