नेप्सेमा फर्कियो उत्साहः ७६.६४ अंकले बढेको बजारमा ३ अर्ब ३६ करोड बढिको कारोबार

नेप्सेमा फर्कियो उत्साहः ७६.६४ अंकले बढेको बजारमा ३ अर्ब ३६ करोड बढिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको वृद्धि भई उत्साह फर्किएको छ । आज नेप्से ७६.६४ अंकले बढेर २ हजार १ सय ७७ दशमलब ३४ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से ४.५७ अंकले बढेर २ हजार १ सय दशमलब ६५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको सुधार भएसँगै कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ । आज नेप्सेमा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २१५ वटा कम्पनीको शेयरमूल्य बढ्दा कुनैपनि कम्पनीको शेयरमूल्य घटेको छैन, १ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधि विद्युत कम्पनी, आदर्श लघुवित्त वित्तीय संस्था र रिडि पावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यि सबै कम्पनीको शेयरमुल्यमा आज सर्किट लेभलको वृद्धि भएको हो ।

आज आईएफसी फाइनान्स डिबेन्चर २०८३ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज १२ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।