चितवनमा सम्पन्न भयो डिजिटल साक्षरता कार्यक्रम

चितवनमा सम्पन्न भयो डिजिटल साक्षरता कार्यक्रम


ज्ञानु श्रेष्ठ, काठमाडौं ।
चितवनको रत्नगर स्थित न्यू क्यापिटल कलेजमा शुक्रबार एक दिने डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैकिङ्ग शिक्षा र कामना सेवा विकास बैंकको संयुक्त रूपमा आयोजना गरीएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका उप निर्देशक टेक राज भण्डारी, चितवन जिल्लाका प्रहरी उपरीक्षक नवराज अधिकारी, बैकिङ्ग शिक्षा कार्यक्रमका संयोजक राजु ढुङ्गेल, कामना सेवा विकास बैंकका रिजिनल रिकभरी क्याड उमेश घिमिरे, तेस्तै कामना सेवा विकास बैंकका क्षेत्रीय प्रमुख शिव कुमार ढकाल त्यसै क्यापिटल कलेजका प्रधानाध्यापक भुपेन्द्र धिताल, अन्य शिक्षक तथा शिक्षिका लगायत ३५० भन्दा बढी विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

\"\"\"\"

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उप निर्देशक टेक राज भण्डारीले डिजीटल साक्षरता विधार्थी, शिक्षक र सम्पूर्ण सर्वसाधारणहरुलाई आवश्यक रहेको बताउँदै राष्ट्र बैंकको तर्फबाट सकेको सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

\"\"

यस्तै क्यापिटल कलेजका प्रधानाध्यापक भुपेन्द्र धितालले डिजिटल साक्षरताको बारेमा शिक्षक र बिद्यार्थीहरु माझमा निकै महत्वपूर्ण र अत्ति आवश्यक रहेको बताए । बिद्यार्थीहरुलाई यस्तो शिक्षाले भविष्यमा निकै फाइदा हुने पनि  उनले बताए । कार्यक्रमा डिजीटल शिक्षाको बारेमा ज्ञान भयो भने डिजीटल ठगी, बैकिङ्ग अपराध, आर्थिक अपराध जस्ता कार्यबाट बिद्यार्थीहरु पनि सचेत रहेन चितवन जिल्लाका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । 

\"\"\"\"\"\"

कार्यक्रमबाट डिजीटल साक्षरता र बैंक तथा बित्तीय क्षेत्रको बारेमा  जानकारी लिन पाउँदा धेरै खुसी र धेरै कुरा सिकेको र आफुले सिकेको कुरा आफ्नो परिवार, साथिसँगीहरुलाई समेत जानकारी दिने कार्यक्रमा सहभागि विद्यार्थीहरुले बताएका छन् । साथै यस्तो कार्यक्रम महिनामा अथवा सम्भव भए हप्तामा एकपटक हुनुपर्ने पनि उनले बताएका छन् ।

\"\"\"\"\"\"