आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री


काठमाडौं – सरकारले प्रतिनिधि सभाको बैठकमा आज चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ । अर्थ मन्त्रालयले प्रस्तुत गर्ने आर्थिक सर्वेक्षण उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन् ।

अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार आज बस्ने संसद्को बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गर्नेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार आज ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ ।

सरकार यति बेला आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त छ । जेठ १५ गते संयुक्त संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्नुअघि चालू वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेस गर्नुपर्छ ।

यही व्यवस्थाअनुसार अर्थ मन्त्रालयले आज आर्थिक सर्वेक्षण पेस गर्ने भएको हो ।