बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से २२.१२ अंकले बढेरर २ हजार ९४ दशमलब ५४ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९७ अंकले घटेर २ हजार १ सय १६ दशमलब ६५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । हिजो नेप्सेमा कारोबार रकम २ अर्ब नपुगेकोमा आज भने नेप्सेमा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ३ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्यमा आज सर्किट लेभलको वृद्धि भएको हो ।
आज सुपर माइक्रो फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स र रिडि पावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि कम्पनीहरुको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको भएको छ । यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ ।



About Us
प्रतिक्रिया