उतारचढावका बिच नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम २ अर्ब पनि पुग्न सकेन

उतारचढावका बिच नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम २ अर्ब पनि पुग्न सकेन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौंथो दिन आज बिहिबार भिनो अंकको वृद्धि भएको छ । आज नेप्से ४.९७ अंकले बढेरर २ हजार १ सय १६ दशमलब ६५ विन्दुमा बन्द भएको हो ।  मंगलबार नेप्से १५.७४ अंकले घटेर २ हजार १ सय ११ दशमलब ६३ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकममा भने उल्लेख्य गिरावट भएको छ । आज नेप्सेमा कारोबार रकम २ अर्ब पनि पुग्न सकेन, आज नेप्सेमा १ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब ८२ करोड ४५ लाख पैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ११० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९३ वटा कम्पनीको शेयरमूल्य घटेको छ, १३ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्यमा आज सर्किट लेभलको वृद्धि भएको हो ।

आज एनआइबिएल समृद्धि फण्ड, सगरमाथा इन्स्योरेन्स र मानुषी लघुवित्तको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि तिन वटै कम्पनीहरुको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंकको भएको छ । यसको आज ५ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ ।