रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन

रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा रिडि पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले  माघ १८ गते बुकक्लोज गरेसँगै नेप्सेले माघ १७ गतेको अन्तिम कारोबार मूल्यको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.३०८ दशमलव ३३ तोकेको  छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३३३ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

त्यस्तै रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.३८५ तोकेको छ ।  कम्पनीको अन्तिम शेयर मूल्य रू. ५३९ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।