नेप्सेको घट्ने क्रम जारी, १५.७४ अंकले घटेको नेप्सेमा २ अर्ब ८२ करोडको कारोबार

नेप्सेको घट्ने क्रम जारी, १५.७४ अंकले घटेको नेप्सेमा २ अर्ब ८२ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १५.७४ अंकले घटेर २ हजार १ सय ११ दशमलब ६३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४१.०१ अंकले घटेर २ हजार १ सय २७ दशमलब ५२ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से दोहारो अंकले घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट भएको छ । आज नेप्सेमा २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ५७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ११ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमुल्यमा आज सर्किट लेभलको वृद्धि भएको हो ।

आज प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडि पावर कम्पनीको भएको छ । यसको आज १९ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।