बैंकिङ्ग समाचार, काठमाडौं ।
सोल्टी होटल लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले एक सूचना जारी गरी गत पुस २८ गते सम्पन्न ४८ औं बार्षिक साधारण सभाबाट पारित भएको कर समेत २१ दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी दिएको हो ।
पुस ६ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिएको हो । यसर्थ हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूको हकमा भने बैक खाता अद्यावधिक पछि मात्र जम्मा गरिने कम्पनीले बताएको छ ।
पुस ६ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र जम्मा गरिने पनि कम्पनीले बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया