मर्जरमा जाने भएपछि रोकिएको ३ जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

मर्जरमा जाने भएपछि रोकिएको ३ जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । मर्जरका कारण रोकिएका तीन जीवन बीमा कम्पनीको शेयर कारोबार नेप्सेले फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो । 

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिन मात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै रोक्का रहेका कम्पनीहरूले कारोबार फुकुवाको प्रक्रिया अघि बढाएका हुन् ।

यी कम्पनीको भोलि अर्थात् मंगलवारदेखि शेयर खरीदविक्री गर्न मिल्नेछ । यी तीनओटै कम्पनीले एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै गत जेठ ३ गतेदेखि शेयर कारोबार रोक्का भएको थियो ।