एलआइसी नेपालले हकप्रद शेयर निष्काशन गर्न नियुक्त गर्यो एसबिआई मर्चेण्ट बैंकिङ्गलाई विक्री प्रबन्धक

एलआइसी नेपालले हकप्रद शेयर निष्काशन गर्न नियुक्त गर्यो एसबिआई मर्चेण्ट बैंकिङ्गलाई विक्री प्रबन्धक


बैंकिङ्ग समाचार, काठमाडौं ।
एलआइसी नेपालले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको जनाएको छ ।

नेपाल बिमा प्राधिकरणबाट स्वीकृति पाइसकेको कम्पनीले हकप्रद शेयर निष्कासन गर्न विशेष साधारण सभाबाट पनि पारित गराइसकेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ । 

चुक्तापूँजी रू. २ अर्ब ६५ करोड ३२ लाख रहेको कम्पनीले पूँजीको ८८ दशमलव ४५ प्रतिशतले हुन आउने अर्थात १:०.८८ को अनुपातले हुने १ अर्ब ४३ करोड ८८ लाख बराबरको हकप्रद शेयर जारी गर्ने छ । हकप्रद शेयर निष्कासनपछि पूँजी रू. ५ अर्ब पुग्नेछ ।