युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य माघ १६ गते, सोमबार समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन इन्स्योरेन्सको ८.९७ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७८ रुपैयाँ ११ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । 

अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५२१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । मर्जर गर्ने सम्झौता गरेपश्चात हालसम्म इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ । इन्स्योरेन्सले बैशाख २९ गते गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्ज हुने सम्झौता गरेको थियो ।