बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । माघ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांशसम्बन्धी प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले शेयरधनीलाई पहिलोपटक लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया