बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ११ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।
माघ १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बेठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वितरण गरिनेछ ।
प्रतिक्रिया