सबैको लघुवित्तले घोषणा गर्यो लाभांश, शेयरधनीले कुल १८.९५% लाभांश पाउने

सबैको लघुवित्तले घोषणा गर्यो लाभांश, शेयरधनीले कुल १८.९५% लाभांश पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते बुधबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २७ करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार रुपैयाँ बराबरको नगद गरी १८.९५ प्रतिशत अर्थात ५ करोड ११ लाख रुपैयाँ कुलन लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।