बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज बुधबार दोहारो अंकको सुधार भएको छ । आज नेप्से १०.३७ अंकले बढेर २ हजार १ सय ८३ दशमलव ६२ बिन्दुमा बन्द भएको छ । हिजो मंगलबार नेप्से ८।१४ अंकले बढेर २ हजार १ सय ७३ दशमलव २४ बिन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज नेप्सेमा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो नेप्सेमा ३ अर्ब ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज ग्रीन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, सुर्यज्योती लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । यि सबै कम्पनीको शेयरमुल्य आज सर्किट लेभलमा बढेको छ ।
आज आरबीबी म्युचुअल फण्ड १ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यसको आज १० करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया