सचेत गराउँदै नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार नेप्सेले गर्यो फुकुवा

सचेत गराउँदै नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार नेप्सेले गर्यो फुकुवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावली बमोजिम शेयर कारोबार रोक्का राखेको थियो ।

नेप्सेले ३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टिकरण सोधेकोमा कम्पनीले अबदेखि यस्तो गल्ती नदोहोर्‍याउने जनाउँदै स्पष्टिकरण पेश गरेको हुँदा आज (माघ १०) गतेदेखि शेयर फुकुवा गरेको नेप्सेले जनाएको छ । आज फुकुवा गरेसँगै कम्पनीको शेयर दोस्रो बजारमा भोलि बुधवारबाट कारोबारमा आउनेछन् ।

\"\"