स्वावलम्बन लघुवित्तको संस्थापक शेयर सर्वसाधरणले किन्न पाउने गरि बिक्रीमा

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर सर्वसाधरणले किन्न पाउने गरि बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नबिल बैंकको स्वामित्वमा रहेको संस्थापक शेयरको आज अर्थात माघ १० गते बिक्री खुला भएकोे छ । नबिल बैंकले लघुवित्तको १ लाख ५९ हजार  कित्ता संस्थापक शेयर लिलाम बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही योग्य ब्यक्ती, कम्पनी, संघ संस्थाले माघ २४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर मूल्य न्यूनतम रू.५ सय ५५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । माघ २४ गतेसम्म प्राप्त बोलपत्रहरु माघ २५ गते बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड  नारायणचौर नक्साल काठमाडौंमा  बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्ने जानकारी गराएको छ ।