बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा आज (शुक्रबार) सम्पन्न भएको छ ।
उक्त सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको संस्थाको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको संस्थाले बताएको छ ।
आर्थिक २०७८/७९ मा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो समयमा संस्थाले ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया