ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो नगद र बोनस मिश्रित कुल २०% लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो नगद र बोनस मिश्रित कुल २०% लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । संस्थाको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश सहित २० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

हाल संस्थाको चुक्ता पूँजी ५५ करोड २५ लाख रुपैयाँ रहेको छ । यसै पूँजीको १२ प्रतिशत अर्थात ६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश अर्थात ४ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने भएको हो ।

प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पारितका लागि पेश गर्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।