शिखर इन्स्योरेन्सले १७औं र १८औं साधारणसभा माघ २५ मा गर्ने, १६% बोनश लाभांश पारित हुने

शिखर इन्स्योरेन्सले १७औं र १८औं साधारणसभा माघ २५ मा गर्ने, १६% बोनश लाभांश पारित हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १७औं तथा १८औं वार्षिक साधारण सभा माघ २५ गते गर्ने भएको छ । कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर थापाथली, काठमाडौंमा बिहान ११ बजे सभा शुरू गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यसैगरी सभाले बीमा प्राधिकरणबाट जारी भएको बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका बमोजिम यस कम्पनी र अन्य कुनै कम्पनी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारी पत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत मर्ज हुन आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ १७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसका आधारमा माघ १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।