सगरमाथा इन्स्योरेन्सले पारिमार्जन गर्यो लाभांश, घट्यो बोनस लाभांश

सगरमाथा इन्स्योरेन्सले पारिमार्जन गर्यो लाभांश, घट्यो बोनस लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ ।

कम्पनीले यस भन्दा अगाडि १२ दशलमव ५० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा परिमार्जन गरी १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आव २०७८/७० को वित्तीय विवरण स्वीकृतिका क्रममा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशन  बमोजिम पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले यस अघि प्रस्ताव गरेको लाभांशलाई परिमार्जन गरेको हो । 

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीले पाउनेछन् ।