बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले एकापसमा मर्जरका लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् ।
ती जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीन ओटा कम्पनीको डीडीए सम्पन्न भई कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा आइतबार तीन कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।यसअघि नै तीन कम्पनीबीच मर्जरकाे सैद्धान्तिक सहमित काम अगाडि बढेकाे थियाे ।
मर्जरपछि निकट भविष्यमा नै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार शुरु हुने पनि बताइएको छ ।अव मर्जर पछि कम्पनीको कुल चुक्तापूँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।
ती जीवन बीमा कम्पनीहरूबीच एकआपसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धमा गत वैशाख २९ गते प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । अध्यक्ष र सीईओ दुबै यूनियन लाइफ इन्स्याेरेन्स कम्पनीका हुन् ।
प्रतिक्रिया