बैंकिङ्ग समाचार, काठमाडौं ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लि. को अट्ठाइसौं(२८औं) वार्षिक साधारणसभा आज मिति २०७९ पौष २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ ।
सभामा अध्यक्षज्यूको मन्तव्य, सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित आ. व. २०७८÷७९ को वार्षिक प्रतिवेदन पेश गरिएकोमा सभाले उक्त प्रतिवेदनहरु पारित गरेको थियो । कम्पनीको चुक्ता पूँजीको ७.६० प्रतिशत लाभांश वितरण (बोनश शेयर २.४०% तथा नगद लाभाँश ५.२०%) सम्बन्धि प्रस्तावलाई अनुमोदन गरेको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ९८ करोड १६ लाख ८३ हजार २ सय पुग्नेछ ।
साथै, कम्पनीको शेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२% र सर्व–साधारण तर्फको ४६.६८% लाई क्रमशः ५१% र ४९% कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सभा अध्यक्षले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकहरुसँगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए । कम्पनीले २०७९ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै नियामक निकायहरुको निर्देशनहरु पूर्ण रुपमा पालना गरिएको जानकारी समेत सभालाई गराएकँ थिए । छलफलको क्रममा शेयरधनीहरुबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर सभा अध्यक्षको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागी पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।
प्रतिक्रिया