बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २७ गते, बुधबार आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
यस दिन नेप्सेले इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५०० रुपैयाँ २८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५३० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर बिहीबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।
इन्स्योरेन्सले माघ ९ गते होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे २५औँ वार्षिक साधारण सभा डाकेको छ ।
प्रतिक्रिया