महुली लघुवित्तले गर्यो २५% लाभांश वितरण गर्ने प्रस्ताव, बोनस कति दिने ?

महुली लघुवित्तले गर्यो २५% लाभांश वितरण गर्ने प्रस्ताव, बोनस कति दिने ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २८ करोड २१ लाख ६९ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस वितरण गरेको थियो ।