बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम एसईई वा सो सरह उत्तीर्ण भएको शैक्षिक योग्यता हुनपर्नेछ । साथै एसईईमा न्यूनतम १.६ ल्याएको हुनुपर्नेछ । साथै, कम्तिमा ३ महिना आधारभूत कम्प्युटर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
लघुवित्त संस्थाहरुमा काम गरेको अनुभव भएका तथा मोटरसाईकल तथा स्कूटरको चालक अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरुलाई प्राथमिकता दिइने लघुवित्तले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकिङ्ग समयसम्म आवेदन दिइसक्नुपर्नेछ । अथवा थप जानकारीको लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया