बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाचौं दिन आज बिहिबार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १७.९२ अंकले बढेर २ हजार १ सय ४३ दशमलव ७६ बिन्दुमा बन्द भएको छ । बुधबार नेप्से ६४.७८ अंकले बढेर २ हजार १ सय २५ दशमलव ९४ बिन्दुमा बन्द भएको थियो ।
आज नेप्से दो्होरो अंकले बढेसँगै करोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज नेप्सेमा ५ अर्ब ४ करोड भन्दा बढिको कारोबार भएको हो । बुधबार ३ अर्ब ५० करोड ११ लाख रुपैया बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयरमूल्य घटेको छ, ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज ५ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।
आज सिटिजन्स म्युचल फण्डको शेयरमूल्यमा सबैभन्दा बढि गिरावट भएको छ । यसको मुल्य ३ प्रतिशत भन्दा बढिले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया