नेप्सेमा डिप्रोक्स लघुवित्तको २३ लाख कित्ता बढि बोनश शेयर सूचिकृत

नेप्सेमा डिप्रोक्स लघुवित्तको २३ लाख कित्ता बढि बोनश शेयर सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २३ लाख १२ हजार ४९७ दशमलव २२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।

कम्पनीले गत वर्ष २०७८ असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।