नेप्से उच्च अंकले वृद्धि भई २१ सय बिन्दु माथि, कारोबार रकम भने स्थिर

नेप्से उच्च अंकले वृद्धि भई २१ सय बिन्दु माथि, कारोबार रकम भने स्थिर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से ६४.८७ अंकले बडेर २ हजार १ सय २५ दशमलव ९४ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३.०३ अंकले घटेर २ हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो ।

आज नेप्से उच्च अंकले बढेपनि करोबार रकम भने स्थिर रहेको थियो । आज नेप्सेमा ३ अर्ब ५० करोड ११ लाख रुपैया बराबरको कारोबार भएको छ । हिजो नेप्सेमा ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीहरुमध्ये २०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार आज ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, २२ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।

आज नेपाल एसबिआई बैंक डिबेन्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको मूल्य करिब २ प्रतिशतले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ११ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको छ ।