कालिञ्चोक दर्शनको आईपीओ आज दिउँसो बाँडफाँट हुदैं

कालिञ्चोक दर्शनको आईपीओ आज दिउँसो बाँडफाँट हुदैं


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज पुस २० गते बुधवार बाँडफाँट हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि विक्री गरेको आईपीओ बाँडफाँट गर्न लागेको हो ।

पुस १८ गते नै प्रि अलोटमेन्ट गरिसकेको यो आईपीओको अन्तिम बाँडफाँट भने आज दिउँसो ३ः३० बजेका लागि तय भएको छ । आईपीओको बाँडफाँट विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नारायणचौर नक्सालमा रहेको कार्यालयमा हुन लागेको हो ।

कम्पनीले गत मंसिर १४ गतेदेखि २८ गतेसम्म आईपीओ जारी गरेको थियो । कम्पनीले १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय वासिन्दामा र १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गरेको हो । 

कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका ६ हजार ६११ जना नेपालीले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । स्थानीयबाट भने १५ हजार ४०० जनाको आवेदन प्राप्त भएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

कालिञ्चोक दर्शन दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ ।