नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तले पाए मर्जरका लागि राष्ट्र बैकबाट सैद्धान्तिक सहमति

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तले पाए मर्जरका लागि राष्ट्र बैकबाट सैद्धान्तिक सहमति


बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिनका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले यी दुई लघुवित्तलाई पुस ७ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो । 

यी दुई लघुवित्त वित्तीय संस्थाले गत असोज २६ गते मर्जरमा जाने सम्झौता गरेका थिए । हाल समीट लघुवित्तको चुक्ता पूँजी रू. ४९ करोड ४० लाख र नेशनल माइक्रोफाइनान्सको चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख रहेको छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएमा बन्ने कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८ करोड भन्दा बढी पुग्नेछ ।