हिजोको करेक्सन पछि साताको अन्तिम दिन आज नेप्सेमा उच्च वृद्धि, २ हजार बिन्दु माथि नेप्से


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको शेयर बजार आज उच्च अंकले बढेको हो । आज नेप्से ५६.८८ अंकले बढेर २ हजार २९ दशमलब ०३ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ, आज नेप्सेमा २ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आज कारोबार भएका कम्पनीमध्ये २०८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । 

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै, आज सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज नेपाल बैंक डिभेञ्चर र एनएमबी फिफ्टीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यि दुवै कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज १२ करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ ।